• २०८३ असार १ गते सोमवार

जिम्बाबेले नेपाललाई दियो १३० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत जिम्बाबेले नेपाललाई १३० रनको लक्ष्य दिएको छ । शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको हो ।

जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपालका लागि बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने कबिता कुवेर, पुजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस