आज वि.सं. २०८२ ज्येष्ठ ३१ गते शनिवार तदनुसार ई. सं. २०२५ जुन १४ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रास्त : बिहान ०७:३४ बजे र चन्द्रोदय : बेलुका ०८:३९ बजे, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, आषाढ कृष्णपक्ष (तछलागा) तृतीया तिथि, दिउँसो ०२:४४ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपूर्व ११:४८ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा धनु राशिमा, बिहान ०५:२६ बजेसम्म, त्यसपछि मकर राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर÷परिवारमा रमाउने समय हो । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँके÷ताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कला÷कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । कार्यक्षेत्रमा व्यस्त रहँदा गर्नैपर्ने काममा बाधा हुनेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टेक्निकल वा मिलमेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ ।