• २०८३ बैशाख ६ गते आइतवार

नक्कली भुटानी शरणार्थी प्रकरण: १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप दिन हिरासतमा राख्ने अनुमति बुधबार जिल्ला अदालत काठमाडौंले दिएको हो।

अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस