• २०८३ मङ्सिर ५ गते शुक्रवार

तेक्वान्दोमा नेपालकी रेणुलाई कास्य पदक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  दुबईमा भइरहेको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले आज कास्य पदक जितेकी छन् ।

पहिलो खेलमा रेणुले बङ्गलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दैै सेमिफाइनल पुगेको उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।

रेणुले पहिलो राउन्डमा १५–३ र दोस्रोमा १२–० अङ्क बटुलिन् । सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोस्रोमा ०–१ ले पछि परिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस