• २०८३ जेष्ठ १६ गते शनिवार

चट्याङ लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९,कैलाली। कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस