• २०८३ असार ६ गते शनिवार

राष्‍ट्रपति पौडेल समक्ष पाँच देशका राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं ।  राष्‍ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

विहिबार राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा उज्वेकिस्तान, रोमानिया, ताजकिस्तान, आइसल्याण्ड र क्यूबाका राजदुतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस