साउन २६, काठमाडौं । आज सुनको मुल्य एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही साउन २० गते सुनको मुल्य एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको दुई हजार तीन सय ३० रुपैयाँ रहेको थियो ।