मलाइ ब्रम्हनालमा सुताएर जल पिलाउने ,
हे आर्यघाटको मलामी हो!
तिमि किन यति धेरै दुखी बन्छौ?
मेरो बियोगमा किन आँसु झार्छौ ?
मोह तोडेर स्वन्तन्त्र भएको म,
शरिरको आशक्ती छाडेर परमात्मा सङ जोडिएको म,
तिम्रो मलामी उपस्थितिको लोकाचार बुझ्छु म,
तिम्रो मलामी उपस्थितिको सदाचार चिन्छु म ,
तिम्रो सदाचारको मोह अनि लोकाचारको
कोकोहोलो बाट मुक्त भैइसकेको छु ।
तिमिले झारेको भावनाको आशुले
मेरो स्वतन्त्र यात्रामा बाधा नबनिदिनु
तिमिले गरेको कामनाको पुस्पान्जलीले
जन्जिरको बन्धनमा नपारिदिनु ।
हे आर्यघाटमा जम्मा भएर दुखी हुने मोहित मलामी हो!!!
निस्चिन्त भएर लडेको मेरोको मेरो भौतिक शरिरमा समबेदनाको अबिर छरेर अनि पुस्प गुच्छा सुम्पेर
आपसी सम्बादमा दुख मिसाउने
बिरहका शोक देखाउने र फुकाउने नगर्नु
तिमिले देखेको मृत्यु, तिमिले बुझेका मृत्यु
मृत्यु नभएर एउटा जन्म भनेर बुझ्नु ।
मेरो मृत्युमा दुखि हुनु भन्दा ,
तिमिले मृत्यु ठानेको मृत्युको
रहस्य बुझ्ने कोसिस गर्नु ।
तिमिले जीवन ठानेको जीवन भित्र
बिस्वाश जोडेर बाच्नु ।
सत्यको परिधीभित्र इमान्दारिता जतन गर्नु ।
म माथीको सच्चा श्रद्धाञ्जली तिमिभित्रको मानबताभित्रको मानबतामा हुनेछ ।
सबै समन्धलाइ खरानी बनाउने प्रकृतिको सुन्दर उपहार मृत्युको रहस्य बुझेर जिबनको अर्थ खोज्नु ।
ब्रम्हनिल मेरो शरिरसङ नाता जोडेर दुखी नहुनु ।
पन्चतत्वको शरिरलाइ पन्चतत्वमा मिलेकोमा हार्दिक उत्सब मनाउनु ।जिबनमा महोत्सब लेराउनु ।
क्रमश …….मलाइ ब्रम्हनालमा जल पिलाएर शोक गर्ने
हे दुखी मलामी हो!
एकपटक आफुलाइ मान्छे बनाएर हेर ,
मान्छे हुनुको गरिमा राखेर हेर ,
अनि आफ्नो मन हरिमा राखेर हेर ।
भोगको अभिलाशा मनभित्र जगाएर
शोकको ढोङ रचेर दुखि किन हुन्छौ तिमी
अतृप्त बासनाको पोकाहरु आफैभित्र लुकाएर
अस्थायी बैराग्यको सवालमा किन डुब्छौ तिमी
एकपटक सच्चा दिलले मर्नुपर्छ भनेर बाच
आफुलाइ बिस्वाश गर्ने बिस्वासिहरुलाइ
बिश्वाशको आधार बनाएर बाच ।
तर ………..
शरिररुपी बन्धन तोडेर स्वतन्त्र आकाशमा
आत्मिक आनन्दमा बिचरण गरिरहदा
अट्टाहासमा कुरुकुरिको लज्जित हासो
हास्न बाध्य नबाउनु ।
दुनियाको निम्ति चिता अघि आफ्नो आत्मा नढाटिदिनु ।
तिम्रो राजनीतिक सामाजिक उपस्थितिको
मलामिपन देखेर
मानबता मासिएको ,भावना अनि समबेदना नासिएको आभास नहोस ।
तिमी मान्छे भएर बाच तर बेहोसिमा माछेको नाटक गरेर नबाच ।
मेरो जलिरहेको चितालाइ हेरेर
एकपटक आँखा चिम्लेर हेर
आफनै मुटुलाइ सोधेर हेर
आफ्नो सम्पुर्ण जिबनलाइ
इमान्दारिताको कसिमा राखेर हेर
यसरिनै मर्नुपर्छ ,जल्नुपर्छ भनेर
आफ्नै ब्यबहार नापेर हेर
आफ्ना घमन्ड र अहन्कारको बिजहरुलाइ
बलिरहेको चिता सङै जलाउन सक्यौ भने
तिम्रो मलामी उपस्थिति पुस्पान्जली हुनेछ
ब्रम्हनालको छर्किएको जल सच्चा श्रद्धाञ्जली हुनेछ
अज्ञात यात्री