• २०८३ बैशाख २८ गते सोमवार

एन्फा महिला फुटबल लिगमा एपीएफले आर्मीलाई हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । एन्फा महिला लिगमा आज शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा भएको खलमा एपीएफले आर्मीलाई ३–१ गोलले हरायो ।

अन्तिम चरणमा अपराजित एपीएफ चार खेलमा १२ अङ्कसहित शीर्ष स्थान र सामान खेलमा दुई जीत र एक बराबरी गरेको आर्मी सात अङ्कसहित दोस्रो स्थानमा छ ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लब तालिकाको तेस्रो स्थानमा छ । बागमती युथ क्लब चौथो र अङ्कविहिन रहेको वालिङ नगरपालिका पुछारमा छ । अन्तिम चरणमा सहभागी पाँच टोलीले दुई पटक एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् ।

अन्तिम अपडेट: पुस २७, २०८१

Sharing

प्रतिक्रिया दिनुहोस