• २०८३ जेष्ठ २७ गते बुधवार

पोखराबाट जुवातास खेलिरहेका सात जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं ।  पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरूङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ८ सय ६० रूपैयाँ र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस