• २०८३ जेष्ठ १० गते आइतवार

बसको ठक्करबाट महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असार २६, कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षिया  द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
बसको ठक्करबाट घाइते भएका उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो ।
बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस