• २०८३ बैशाख २४ गते बिहिवार

अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, सुर्खेत। भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । अफिम जस्तो देखिने पदार्थ करिब ५ किलो ५ सय ४० ग्राम सहित जाजरकोट जुनीचाँदे गाउँपालिका–१० सिर्पा बस्ने ४६ वर्षीय जय बहादुर बस्नेतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस