• २०८३ मङ्सिर ११ गते बिहिवार

लागूऔषधसहित १ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, बर्दिया । बर्दियामा लागूऔषधसहित एक जनालाई शनिबार बेलुकी सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले १ ग्राम ५० मिलीग्राम ब्राउन सुगरसहित बढैयाताल गापा–८ का २५ वर्षीय भगन थारुलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित भारत बलैगाउँ हुँदै नेपालको सिमानामा प्रवेश गर्दा जाँच गर्दा थारुको साथबाट ब्राउन सुगर, साइकल एक थान र मोबाइल एक थान पक्राउ गरेको सशस्त्र प्रहरी बल, बढैयातालका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन केसीले बताए । उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय मैनापोखर पठाइएको उनले जनाए ।

Sharing

प्रतिक्रिया दिनुहोस