• २०८३ जेष्ठ ३ गते आइतवार

आइपिएल : दिल्लीले टस जित्यो, फिल्डिङ गर्दै

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २८, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा‌ टस जितेको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

Rajat Patidar of Royal Challengers Bengaluru and Axar Patel of Delhi Capitals at the coin toss during match 24 of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Delhi Capitals held at the M.Chinnaswamy Stadium, Bengaluru on the 10th April 2025.
Photo by Pratiksha MK / Sportzpics for IPL

दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता दिन चाहन्छ। तर यसको लागि उसले आज आरसिबीको कडा चुनौती पन्छाउनुपर्नेछ। आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ।

आरसिबीले कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स जस्ता फरक पिचमा जित हात पारेको छ। उसले एक मात्र हार भने घरेलु मैदानमा गुजरात टाइटन्स विरुद्ध बेहोरेको थियो। आरसिबीको ४ खेलबाट ६ अंक छ।

आरसिबीका कप्तान रजत पाटिदार उत्कृष्ट लयमा छन्। विशेषगरी स्पिन बलिङ विरुद्ध उनी प्रभावशाली सावित हुन सक्छन्।

पछिल्लो खेलमा मुम्बईविरुद्ध विराट कोहलीले सानदार प्रदर्शन गर्दै यस सिजनको दोस्रो अर्धशतक पूरा गरेका थिए। उनको प्रदर्शन पनि प्रमुख रहनेछ।

फाफ डु प्लेसिसको फिटनेस दिल्लीका लागि निर्णायक बन्न सक्छ। चेन्नईविरुद्धको खेलमा उनले विश्राम लिएका थिए। यदि उनी केएल राहुलसँग ओपनिङ गर्न तयार हुन्छन् भने आरसिबीका प्रारम्भिक बलरहरूलाई सुरुदेखि नै सशक्त प्रदर्शन गर्नु पर्ने दबाब रहनेछ।

चेन्नईविरुद्धको खेलमा केएल राहुलले उत्कृष्ट अर्धशतक बनाउँदै टोलीलाई जित दिलाएका थिए। उनको प्रदर्शन पिन महत्वपूर्ण रहनेछ।

यी दुईबीच ३१ पटक प्रतिस्पर्धा भएको छ। जहाँ आरसिबीले १९ र दिल्लीले११ खेल जितेको छ। एक खेलमा नतिजा आएको थिएन।

Sharing

प्रतिक्रिया दिनुहोस