• २०८३ असोज ८ गते बिहिवार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत कुवेतसँगको खेलमा दीपेन्द्रले सबैभन्दा धेरै इनिङ्स विना ‘डक’ अर्थात् शून्यमा आउट नहुने कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले अहिलेसम्म ७६ खेल खेल्दा लगातार ६६ इनिङ्समा डक आउट भएका छैनन् । दीपेन्द्रभन्दा पछि वेस्ट इन्डिजका मार्लाेन स्याम्युल्स छन् । मार्लाेन लगातार ६५ इनिङ्समा डक आउट भएका छैनन् । यसअघि दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे ९ बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । यस्तै दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीमध्ये एक हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस