• २०८३ जेष्ठ ३१ गते आइतवार

नारायणी नदीमा हाम फालेर बेपत्ता भएका भट्टराईको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । हाम फालेर बेपत्ता भएका शिव भट्टराईको शव नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–५ कुसुमघाट स्थित शिवमन्दिर नजिक नारायणी नदीको किनाराबाट मंगलबार सशस्त्र प्रहरीले फेला पारेको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ शिवघाट बस्ने ४५ बर्षिय भट्टराई राईनो वाटर इन्टरटेनमेन्ट प्रालिले बनाउदै गरेको क्रुजबाट मंसिर २२ गते हामफाली बेपत्ता भएका थिए ।

हाम फालेको खबर पाउानासाथै १७ नम्बर गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले खोजतालास गर्ने क्रममा उनको शव आज फेला पारेको हो । उनी सो बनाउदै गरेको क्रुज (पानी जहाज) मा काम गर्ने कर्मचारी रहेको बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस