• २०८३ बैशाख १८ गते शुक्रवार

भारतीय कम्पनी पीटीसीसँगको सम्झौता सेटिङका लागि नभएर राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो- कुलमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

कार्तिक २३,काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे भ्रम फैलाइएको आरोप लगाएका छन्।भारतसँग भएको सम्झौतामा अनियमितता भएको प्रश्न उठिरहेका बेला मन्त्री घिसिङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको दाबि गरेका छन् ।

उनले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेको बताउदै हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्ने र १० रूपैया सम्मको महंगो विद्युत आयात गर्र्नु पर्ने वाध्यता हटेको बताएका छन् । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम रहेको उनको दाबि छ ।

Sharing

प्रतिक्रिया दिनुहोस