• २०८३ असोज ११ गते आइतवार

जेनजीको आन्दोलन उग्र हुदै, प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्ने देखिएको छ । उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा नाराबाजी शुरु गरेका छन् ।

यसैक्रममा प्रदर्शनकारीहरुले नेताहरुको घरलाई निशाना बनाएका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् ।

त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस