फाल्गुन १८ रोल्पा । स्वास्थ्य समृद्धि र सुरक्षा कोभिड १९ खोपले गर्छ रक्षा भन्ने मुल नाराका साथ आज थबाङ गाउँपालिका स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । थबाङ गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय रोल्पाको आर्थिक सहयोगमा थबाङ गाउँपालिकाका उपाध्यक्ष रामकिरणी रोका मगरको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थितीमा पालिका स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अगामी फाल्गुन २३ र २४ गते सन्चालन हुन लागेको कोरोना विरुद्धको खोप अभियानको बारेमा अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रमा पहिलो र दोस्रो चरणको खोप लगाइसकेका स्वास्थ्यकर्मी, जनप्रतिनिधी, कर्मचारी, महिला सामुदायिक स्वयमसेवीका लगायतको अनुभवको अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा २३ र २४ गते सन्चालन हुने तेस्रो चरणको खोप अभियानको बारेमा योजना बारेमा तयारी गरिएको थियो । साथै कार्यक्रममा कोभिड १९ को लक्षण, यसबाट बच्ने उपाय, खोप कस्ले लगाउन मिल्ने कस्ले लगाउन नमिल्ने, खोप लागउदा अपनाउनुपर्ने सावधानीका अवस्था, खोप लगाएपछि देखिन सामान्य तथा गम्भीर लक्षण चिन्हहरु र खोप अभियानका औचित्य लागयतको बारेमा जलजला अस्पताल तथा अनुसन्धान केन्द्र का निमित्त प्रमुख राजकुमार बुढामगरले प्रस्तुति गर्नु भएको थियो ।
कार्यक्रमको समापन गदै कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगरले कोरोना रोग विरुद्धको खोप अभियानमा लक्षित समुहरु कुनै पनि नछुटेर यस अभियान सफल पार्न अनुरोध गर्नु भएको थियो । जति खोप लगानु भन्दा पहिले त्रास सिर्जना भएको थियो तर लगाइसके पश्चात आफुले त्यस्तो असहज नभएको कुरा सम्झदै यस अभियानलाई सफल पार्न भएरहित बातावरण सिर्जना गर्न पालिका ,वडा स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरुलाई सुझाव दिनुभएको थियो ।
थबाङ गाउँपालिकाका पोषन सहजकर्ता हिरा प्रसाद बुढाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सन्चालन तथा प्रस्तुतिकरण थबाङ गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका सह संयोजक धन बहादुर पुनले गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरु, कर्मचारी, सुरुक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । तेस्रो चरणको खोप अभियानमा अन्र्तगत सिक्षक, शिक्षिका, यातायता व्यवसायी ,५५ वर्ष उमेर माथीका सबैले खोप अभियानमा सहभागी हुने छन् ।