• २०८३ मङ्सिर १२ गते शुक्रवार

पूर्वराष्ट्रपति भण्डारीद्वारा जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनै पूर्णिमा, रक्षा बन्धन तथा पमापरम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गरेको उल्लेख गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वका पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतिक जनै पूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउFदछ । यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।

यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वासका साथ पुन: सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दछु ।”

Sharing

प्रतिक्रिया दिनुहोस