• २०८३ बैशाख ७ गते सोमवार

रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह- ‘पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं । युक्रेनमा रातभर रुसको आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहयोगीहरूलाई ‘पेरिसमा भएको सम्झौता कार्यान्वयन गर्न’ आग्रह गरेका छन् । जेलेन्स्कीले युक्रेनमा ८०० भन्दा बढी ड्रोन र १३ वटा मिसाइल प्रहार गरिएको बताउदै चार ब्यालिस्टिक मिसाइल समेत आक्रमण गरिएको उल्लेख गरेका छन् ।

हालै पेरिसमा भएको बैठकमा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीहरूबारे छलफल गरिएको थियो । जेलेन्स्कीले बैठकमा सहयोगीहरू बीच सहमति भएका कुराहरू कार्यान्वयन गरिनुपर्ने बताएका हुन् । पेरिसमा भएको सहमतिमा युक्रेनलाई युरोपले सुरक्षा ग्यारेन्टी दिने बताइएको थियो ।

अर्कोतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम पछि ‘आश्वासन बल’ पठाउन युक्रेनका सहयोगीहरूको कुनै पनि सुझावलाई अस्वीकार गरेका छन् । उनले युक्रेनमा त्यस्ता सेनाहरू यसको लागि वैध लक्ष्य हुने चेतावनी दिएका छन् । रूसले रातारात ड्रोन र मिसाइलहरूले युक्रेनमाथि गरको आक्रमणपछि प्रतिक्रियामा, युक्रेनले पनि रूसमा ड्रोन आक्रमण गरेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस