साउन २२, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न सचिव नेतृत्वको समिति प्रस्ताव गर्दै ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ।

कार्यविधिबाट दलहरूले आफ्ना कामकारबाही पारदर्शी बनाउन स्वमूल्यांकन प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ। तर विपक्षी र साना सत्तारूढ दलहरूले उक्त कार्यविधिलाई संविधान र कानुनविपरीत भन्दै आपत्ति जनाएका छन्। माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत लगायत दलहरूले कार्यविधिको विरोध गर्दै आयोगले कांग्रेस–एमालेबाहेकका दललाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्। निर्वाचन आयोगले भने पारदर्शिता र जवाफदेहिताका लागि कार्यविधि ल्याइएको दाबी गरेको छ। यो समाचार आजको नेपाल समाचरपत्र दैनिकमा रहेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न सचिव नेतृत्वको समिति प्रस्ताव गर्दै ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ। कार्यविधिबाट दलहरूले आफ्ना कामकारबाही पारदर्शी बनाउन स्वमूल्यांकन प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
तर विपक्षी र साना सत्तारूढ दलहरूले उक्त कार्यविधिलाई संविधान र कानुनविपरीत भन्दै आपत्ति जनाएका छन्। माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत लगायत दलहरूले कार्यविधिको विरोध गर्दै आयोगले कांग्रेस–एमालेबाहेकका दललाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्। निर्वाचन आयोगले भने पारदर्शिता र जवाफदेहिताका लागि कार्यविधि ल्याइएको दाबी गरेको छ। यो समाचार आजको नेपाल समाचरपत्र दैनिकमा रहेको छ ।