• २०८३ बैशाख २३ गते बुधवार

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ । आज उहाँले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस