• २०८३ जेष्ठ २२ गते शुक्रवार

शोक प्रस्ताव पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसदद्वय गोविन्दप्रसाद शर्मा कँडेल र राम आयोध्याप्रसाद यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले स्व शर्मा कँडेल र यादवको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गर्नुभएको थियो ।

पूर्वसांसद शर्मा कँडेल नेपाली कांग्रेसको तर्फबाट विसं २०५८ मा बागलुङ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएका उहाँको ८७ वर्षको उमेरमा यही असार १५ गते असामयिक निधन भएको थियो ।

राम अयोध्या प्रसाद यादव नेपाली कांग्रेसको तर्फबाट विसं २०७० मा बारा जिल्ला क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा निर्वाचित सदस्य हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएका यादवको ७२ वर्षको उमेरमा यही असार १८ गते वीरगञ्जस्थित हेल्थ केयर अवस्थामा उपचारको क्रममा असामयिक निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते दिउँसो १ बजे बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस