• २०८२ असार ४ गते बुधवार

जताततै सरकारी जग्गा मिचियो, कुन निकायले हेर्छ कमल पोखरी मिचिएको ?

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २७, काठमाडौं । राजधानीको ठमेलमा ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गर्नेमाथि कारबाहीको माग गरिएको छ। छाया सेन्टर प्रालिका नाममा लालपुर्जा रहेको विवादास्पद १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा विगतमा श्री सिंह सार्थ बाहु गरुड भगवान् गुठीअन्तर्गत थियो ।

‘ छाया कम्प्लेक्स निर्माण गर्नुअघि गुठीयारहरुलाई प्रभावमा पार्न स्थानीय क्लबलाई आर्थिक सहयोग गर्ने गरिएको थियो । जग्गा हडपेपछि गुठीयारहरु लामो समय चुप बसेका थिए गुठीलाई पूजा गर्न खर्चसमेत दिने भित्री सहमति समेत भएको थियो भने जग्गा विवादमा परेको जान्दाजान्दै पाँडेल कम्प्लेक्स निर्माणका लागि प्रतिमा पाँडेको नाममा जग्गा पास समेत भएको थियो । सोही जग्गा छाया सेन्टर प्रालिका नाममा दर्ता भई भवन निर्माण सुरु गरिएको हो ।

गुठी संस्थानका प्रवक्ता थपलिया अदालतबाट मुद्दा चल्ने गरी निस्सा प्रदान भएको कमलपोखरी जग्गाको विषयमा आफूहरु कानुनबमोजिम अगाडि बढ्ने बताए पनि हालसम्म कुनै पहल भएको देखिदैन । उनी भन्छन्, ‘उक्त जग्गा कमलपोखरीको हो भन्ने ठोस प्रमाण छ।’ संस्कृतिविद् डा. रमेश ढुंगेल कम्प्लेक्स बनेको जग्गा कमलपोखरीकै हो भन्नेमा कुनै शंका नरहेको बताउँछन्। उनी भन्छन्, ‘जान्दाजान्दै पोखरीको जग्गा हडपेर जबरजस्ती भवन बनाउन शक्तिको दुरुपयोग भएको छ।’

कमलपोखरीको जग्गा हडपेर छाया सेन्टर बनाइएको समाचार प्रकाशित भएपछि सरकार र संसद्मा चासो बढेको छ। यसअघि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्वजनिक जग्गा हडप्नेहरूमाथि सरकारले कारबाही गर्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस