• २०८३ असार १२ गते शुक्रवार

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । आइतबार राती उनीहरु काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए । सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो। रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस