• २०८३ बैशाख ९ गते बुधवार

यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, तेह्रथुम । तेह्रथुममा यौन दुर्व्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लालीगुराँस नगरपलिका–३, मुसाङखेल बस्ने १९ वर्षीय अनिश बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेतले ती किशोरीलाई घरनजिकैको बारीमा हातपात गरी यौन दुर्व्यवहार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस