बैशाख २४, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अभ्यास शृंखलामा जित निकालेको छ । मंगलबार भारतको नयाँ दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो अभ्यास तथा अन्तिम अभ्यास खेलमा नेपाल ४ रनले विजयी भएको हो ।

नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले २० ओभर ६ विकेट गुमाएर जम्मा १२५ रन मात्र बनाए पछि नेपाल दोस्रो खेलमा बिजयी भएको हो ।
आरपिसिएकी नजमा खानले अविजित ४७, वारुले २९, मान्वीले २० रन बनाएका थिए भने नेपालका लागि पूजा महतोले २ तथा कविता कुँवर, शवनम राई र रिया शर्माले समान एक एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाउँदा रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताले १६ र कप्तान इन्दु बर्माले १५ रन बनाउन सफल भएका थिए ।
नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप दिल्लीका टोलीसँग अभ्यसा शृंखला खेलेको हो । अब टोली दिल्लीबाट सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड जाने छ । विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।
नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा
