• २०८३ बैशाख ८ गते मङ्गलवार

कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि, महाधिवेशनको कार्यतालिका छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिकाका पेश गरेपछि अहिले कार्यतालिकामा फोकस भएर नेताहरुले धारणा राखिरहेका छन् । हाल प्रस्तावमाथिको छलफल जारी रहेको छ ।

बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस