• २०८३ जेष्ठ ३ गते आइतवार

प्रधान सेनापतिद्वारा मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी सिग्देलले मकवानपुरको चनवन स्थित श्री नम्बर ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस