• २०८३ असार १६ गते मङ्गलवार

संसदीय समितिमा भुमी सबन्धी ऐनका बारेमा छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संङघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १ः०० बजे बस्नेछ । जुन बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल हुनेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस