• २०८३ बैशाख ११ गते शुक्रवार

जनकपुरका कप्तान परिवर्तन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं ।  साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान परिवर्तन गरेको छ । आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो ।

जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् ।

आज पार्नेल अन्तिम ११ मासमेत परेका छैनन् । लगातार खराब प्रदर्शन गरिरहेको जनकपुरले पाँच खेलबाट हालसम्म तीन अङ्क मात्रै जोडेको छ । ‘प्लेअफ’को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब जनकपुरलाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस