मंसिर १९, काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज (शुक्रबार) सकिँदै छ । साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नुपर्नेछ ।

ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।
दाबी प्रस्तुत गर्नुअघि एमालेबाहेकको सात दलीय गठबन्धन छलफलमा जुटेको छ । सात दलीय गठबन्धनका नेता आन्तरिक छलफलमा जुटेका छन् ।