• २०८३ बैशाख २८ गते सोमवार

नेकपा एकीकृत समाजवादीको दल दर्ताको सनाखत सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस