साउन २०, काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि रिक्त रहेका एसएसपी, एसपी र डिएसपी पदमा बढुवा सिफारिस भएको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले ६ एसपीलाई एसएसपीमा, २२ डिएसपीलाई एसपीमा र ४८ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ। राजनीतिक हस्तक्षेपका कारण यी पद लामो समयदेखि सिफारिस हुन सकेको थिएन ।