• २०८३ बैशाख ४ गते शुक्रवार

कास्कीवाट १७ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, कास्की। पोखरा महानगरपालिका–३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् । सोही महानगरपालिका–३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस