• २०८३ बैशाख ७ गते सोमवार

अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार २०, काठमाडौं । नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ । ललितपुरस्थित चापागाउँमा तीन वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले केही समयअघि मात्रै आफ्नो ब्रान्डको छुर्पी अमेरिकामा निर्यात सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्फत ५१ सय प्याकेट छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो । छुर्पीको माग हाल तीन गुणाले बढेको उनले जानकारी दिए ।

ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले सफलता

‘याला हिमालयल’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग चियु’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको हो । उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक निःशुल्क अफरसमेत ल्याएको छ । अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ । अमेरिकी बजारमा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापान जस्ता विकसित मुलुकका बजारमा समेत आफ्नो उत्पादन पु¥याउने योजना बनाएको छ । कम्पनीका निर्देशक विश्वबन्धु शर्माका अनुसार,‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं ।’ याला हिमालयन ग्रुप अन्तर्गतको प्रमुख ब्रान्ड ‘याला हिमालयन डग चियु ’ हाल अमेरिकी बजारमा खुद्रा विक्रेताहरु र अनलाइन मार्केटप्लेसहरू—जस्तै एमेजनमा उपलव्ध भइसकेको छ । याला हिमालयन नेपालको पहिलो कम्पनी हौं । जसले किसानहरूसँग सिधा सहकार्य गर्दै गाउँघरमा उत्पादन भएको दूध खरिद गर्छ । त्यसलाई यस याला हिमालयनको अत्याधुनिक उत्पादन केन्द्रमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्रान्ड अन्तर्गत निर्यात गर्छ । यस याला हिमालयनको उद्देश्य केवल व्यवसायिक सफलता नभई, स्थानीय किसानको जीवनस्तर उकास्ने, दिगो उत्पादन प्रणालीलाई प्रवद्र्धन गर्ने र नेपालको मौलिक उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने रहेको शर्माले जानकारी दिए । ‘याला हिमालयन डग चियु’ को सफलतामा किसानसँगको प्रत्यक्ष सहकार्यमा आधारित आपूर्ति प्रणालीको महत्वपूर्ण भूमिका रहेको छ । कम्पनीले देशका आठवटा स्थानीय उत्पादन संस्थासँग सम्झौता गरी ग्रामीण स्तरमा किसानहरूसँग मिलेर छुर्पी उत्पादन र संकलन गरिरहेको छ । यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु–याउनुका साथै नेपाली मौलिकता संरक्षणमा समेत टेवा पु¥याएको कम्पनीको दाबी छ ।

याला हिमालयन डग चियु को उत्पादन कार्य अहिले ललितपुरको चापागाउँमा अवस्थित अत्याधुनिक उत्पादन केन्द्र ‘म्यानुफाक्चरिङ फेसिलिटी’बाट सञ्चालन हुँदै आएको छ । यो सुविधा विस्तृत भू–क्षेत्रफलमा फैलिएको छ, जहाँ यस याला हिमालयले कच्चा दूधबाट सुरु गरेर तयार छुर्पी ‘डग चियू’ उत्पादन गर्ने १०–१२ चरणको सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा इन हाउस रूपमा गर्दै आएका छ । याला हिमालयन जसले आफैं उत्पादन गर्छ, प्याक गर्छ र निर्यात गर्दै आइरहेको छ । हाल फ्याक्ट्रीमा ३०–४० जना दक्ष जनशक्ति निरन्तर ‘इन र आउट बेसिस’ रुपमा कार्यरत छन्, जसले उत्पादन, गुणस्तर नियन्त्रण, प्याकेजिङ्ग, व्यवस्थापन र ढुवानीसम्मका सम्पूर्ण प्रक्रिया सम्हालिरहेका छन् । यस याला हिमालयनको लक्ष्य भनेको स्थानीय जनशक्तिलाई रोजगारी सिर्जना गर्नुका साथै नेपालमै विश्वस्तरीय उत्पादन प्रक्रिया स्थापित गर्ने हो । हालको बजार विश्लेषण अनुसार सन् २०३५ सम्म ‘डग चियु’को मागमा वार्षिक ८ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । कम्पनीले अहिलेको गुणस्तर, वितरण र ब्रान्डिङलाई निरन्तरता दिन सकेमा ‘याला हिमालयन डग चियु’ जस्ता उत्पादनले विश्वव्यापी रूपमा नेपाली पहिचान बलियो बनाउने अनुमान गरिएको छ । कृषि, पशुपालन र निर्यात क्षेत्रलाई समायोजन गरेर सञ्चालन गरिएको यो परियोजना नेपालमा नयाँ सम्भावनाको ढोका खोल्ने नमूना योजनाका रूपमा स्थापित भइरहेको छ । नेपाली किसानको परिश्रम, युवाको सोच र प्रविधिको संयोजनले उत्पादित छुर्पी आज विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनेको छ । ‘याला हिमालयन डग चियु’ को सफलताले नेपाली उत्पादन, विशेषतः ग्रामीण स्रोत र सीपमा आधारित वस्तु, अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास समेत दिलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस