• २०८३ जेष्ठ १६ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा बागलुङबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, बागलुङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ नगरपालिका-१३ बस्ने २८ वर्षीय बिपिन रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

बिपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस