• २०८३ बैशाख ६ गते आइतवार

कोहोलपुर एक जना कोरोना संक्रमितको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , कोहोलपुर। अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ ।

अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार सितगंगा नगरपालिका १२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९:२० बजे उपचारकै क्रममा मृत्यु भएको हो । मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले बताए ।

मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनको दायाँ करङ् र नाडी भाँचिएको र उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए । भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस