• २०८३ जेष्ठ २१ गते बिहिवार

जाजरकोटमा ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, जाजरकोट । कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर मृत्यु भएको छ । टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

नियमित पानी परिरहेको र उनीहरुलाई टहरामाथिबाट खसेको ढुङ्गाले लागेको उहाँले बताउनुभयो । नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा ढुङ्गा खसेर लाग्दा ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट भूकम्पबाट प्रभावित जिल्ला हो ।

Sharing

प्रतिक्रिया दिनुहोस