• २०८३ जेष्ठ ६ गते बुधवार

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सर्वाधिक रन बनाउनेमा विदेशी खेलाडीको वर्चस्व, कसले कति बनाए ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १७, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सर्वाधिक रन बनाउने सूचीमा विदेशी ब्याटरहरूले वर्चस्व कायम गरेका छन् ।

एनपीएलमा मंगलबार कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको खेलको नतिजासँगै प्रतियोगिताका २१ खेल सकिएका छन् । यही समीकरणसम्म उच्च रन बनाउनेमा विदेशी खेलाडीले वर्चस्व कायम गरेका हुन् ।

ब्याटिङको शीर्ष पाँचमा एक नेपाली ब्याटरले स्थान बनाउँदा चार विदेशी खेलाडी छन् ।

यी हुन् शीर्ष पाँच ब्याटर :
एडम रोसिङ्टन (पोखरा एभेन्जर्स)
पोखरा एभेन्जर्सका एडम रोसिङ्टन २५३ रनका साथ शीर्ष स्थान उक्लिएका छन् । इंग्लिस विकेटकिपर ब्याटर रोसिङ्टनले हालसम्म पोखराबाट पाँच इनिङ खेल्दा २५३ रन बनाएका हुन् । उनले यसक्रममा एक अर्धशतक र एक अर्धशतक बनाएका छन् ।

रोसिङ्टनले मंगलबार कर्णालीविरुद्ध १०८ रन बनाउँदै टिमलाई विशाल योगफलतर्फ डोर्‍याएका थिए । उनी यो सँगै यस संस्करणमा दोस्रो शतक प्रहार गर्ने खेलाडी बने । उनले अर्धशतक भने लुम्बिनी लायन्सविरुद्ध बनाएका थिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण

मार्क वाट (कर्णाली याक्स)
कर्णालीका मार्क वाट यो सूचीको दोस्रो स्थानमा छन् । स्कटिस बलर वाटले ६ इनिङ खेल्दा २४२ रन जोडेका छन् ।

उनले यसक्रमा एक शतक र एक अर्धशतक प्रहार गरेका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाउँदै कर्णालीलाई जिततर्फ डोर्‍याएका थिए । उनले अर्धशतक भने पोखरा एभेन्जर्सविरुद्धको खेलमा बनाएका थिए ।

रवि बोपारा (चितवन राइनोज)
चितवन राइनोजका रवि बोपारा सूचीको तेस्रो नम्बरमा छन् । इंग्लिस अलराउन्डर बोपाराले पाँच इनिङ खेल्दा २०७ रन जोडेका छन् । उनले यसक्रममा तीन अर्धशतक बनाएका छन् ।

बोपाराले विराटनगर किंग्स, लुम्बिनी लायन्स र कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

प्रियांक पन्चाल (कर्णाली याक्स)
कर्णाली याक्सका भारतीय ब्याटर प्रियांक पन्चाल चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन् । पन्चालले ६ इनिङ खेल्दा १८१ रन बनाएका छन् । उनले यसक्रममा दुई अर्धशतक बनाएका छन् । पन्चालले विराटनगर किंग्स र चितवन राइनोजविरुद्ध अर्धशतक बनाएका थिए ।

 

 

रोहितकुमार पौडेल (लुम्बिनी लायन्स)
लुम्बिनी लायन्सका कप्तान तथा मार्की खेलाडी सर्वाधिक रन बनाउने पाँचौँ खेलाडी हुन् । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित शीर्ष पाँचमा अटाएका एकमात्र नेपाली ब्याटरसमेत हुन् ।

रोहितले पाँच इनिङ खेल्दा १७४ रन बनाएका छन् । उनले प्रतियोगिताको दोस्रो संस्करणमा अर्धशतक भने बनाउन सकेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस