• २०८३ बैशाख २७ गते आइतवार

  १३ अंकले घट्यो नेप्से, ७४ वटा कम्पनीको बढ्यो सेयर मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेको छ । आज ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६३१.१७ बिन्दुमा पुगेको हो ।

आज नेप्से घटेसँगै १७७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आजको कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफामा कमाए भने साम्लिङ पावर कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घटेसँगै वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस