• २०८३ बैशाख १७ गते बिहिवार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६ , काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मत बहादुर बिष्ट र सहायक रथी विष्णु कुमार खड्कालाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस