• २०८३ जेष्ठ १० गते आइतवार

आइपिएल : गुजरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो।

ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। राम्रो सुरूवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। साइ सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए। अर्धशतकबाट २ रनले चुके।

यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बट्लरले साथ दिए। यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। सानदार पारी खेलेका शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे। उनी रन आउट भए।

यसपछि बट्लरले रन जोडे। अर्धशतक बनाएका उनले ३७ बलमा ६४ रन बनाए। वासिङ्टन सुन्दरले २१ रन जोडे।

बलिङमा जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए। प्याटक्युमिन्स, जिशन अन्सारी र समान एक विकेट लिए।

गुजरात १२ अंक सहित लिग तालिकाको चौथो स्थानमा छ। सनराईजर्स भने नवौं स्थानमा रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस