फागुन १८, काठमाडौं । राजधानी काठमाडौंमा जारी केपि वलि कप २०२५ को फाईनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल आर्मी फुटबल क्लव र मछिन्द्र फुटबल क्लव बिच भिडन्त हुने भएको छ। शनिबार पूरा भएको फाईनलको समिकरणमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लवले आयोजक केपि वलि फुटबल क्लब लाई ०-४ गोल गर्दै फाईनलको यात्रा तय गरेको हो।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मी फुटबल क्लवले संकटा फुटबल क्लवलाई एक (१) का विरुद्ध दुई (२) गोल गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
राष्ट्रिय युवा संघ नेपालले आफ्नो संस्थापक अध्यक्ष केपि शर्मा वलिको नाममा उनकै जन्मदिनको अवसरमा फागुन ११ गते देखि संचालन गरेको प्रतिस्पर्धाको अघिल्लो दुई संस्करणको विजेता मछिन्द्र फुटबल क्लव यसपालि पुन उपाधी उचालेर ह्याट्रिक गर्ने तयारीमा छ भने। मछिन्द्रको लगातारको दुई विजयलाई पुर्णबिराम लगाउदै नेपाल आर्मि फुटबल क्लव उपाधि उचाल्ने दाउँमा रहेको छ।
यहि फागुन १९ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुन गईरहेको फाईनल खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्सले गर्ने भएको छ।
यसै बिच विश्वकप २००६ का बिजेता ईटालियन टिमका किप्पर बुफन केपि वलि कप २०२५ हेर्न नेपाल आउने भएका छन्। विश्व प्रसिद्ध महान किप्पर वुफनको नेपाल आगमन नेपाली खेलकुद जगतकै अहिले सम्मकै ठुलो अनुहारको आगमन हुनेछ ।