• २०८३ बैशाख २३ गते बुधवार

संविधानसभा सदस्य थापाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, अर्घाखाँची । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ। एमालेबाट निर्वाचित पूर्व संविधान सभा सदस्य दुमन सिंह थापाको काठमाडौंमा गए राति निधन भएको हो।

थापाले दुई वटै मृगौला प्रत्यारोपण गरेका थिए। उनको ६२ वर्षको उमेरमा निधन भएको हो। उनले वि.सं. २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए। हाल उनी नेकपा (एस)मा थिए।

Sharing

प्रतिक्रिया दिनुहोस