• २०८३ भाद्र २५ गते बिहिवार

नियमित महाधिवेशन धकेल्न खोजे विशेष महाधिवेशनको अवस्था आउनेछ : महामन्त्री शर्माले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताएका हुन् ।

उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव समेत दिए । शर्माले सभापति शेर बहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने जिकिर गरे ।

उनले नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए । शर्माले संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सबै तहमा नेतृत्व लिनका लागि तयार भएर बस्न आह्वान गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस