• २०८३ असोज १९ गते सोमवार

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ दुई जना बने मन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पाण्डेले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाएका छन् ।

थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस