• २०८३ बैशाख २४ गते बिहिवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, काठमाडौँ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस