• २०८३ बैशाख १४ गते सोमवार

सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा पुगेको छ । कोशीले सुदूरपश्चिमलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा ममता राउत र कुश्मा राईले समान १ गोल गरे ।

जीतसँगै कोशी ९ खेलमा १४ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । सुदूरपश्चिम ९ वटै खेल हारेर अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमले प्रतियोगितामा ६९ गोल खाँदा ३ गोल फर्काएको छ ।

एन्फा महिला फुटबल लिग फुटबलमा दोस्रो चरणको समीकरण पूरा भएको छ । दोस्रो चरणमा पुग्ने टिममा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश रहेका छन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी भएकामा पहिलो चरणमा शीर्ष ५ मा रहेका टोली दोस्रो चरणमा पुगेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस